तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार नाघ्यो

काठमाडौँ । आज ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५ सय ७४ वटा पिसिआर परिक्षण गर्दा १ सय ७३ पुरुष र १ सय ३० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेका सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

आज कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ८५ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । तथ्याङ्क अनुसार ९८ दशमलव १ प्रतिशत कोरोना संक्रमित निको भईसकेका छन् ।

कोरोना संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार १७ पुगेको छ ।

यस्तै ३ हजार २ सय ५२ सक्रिय संक्रमित मध्ये १ सय ३९ जनाको आइसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button