तपाईँ सुन्दै हुनुहुन्छः

एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ ।

सङ्घले मङ्गलवार पत्रकार सम्मेलन गर्दै हरेक वर्ष आयोजना गरिने अवार्ड कार्यक्रम यस वर्ष मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजना गर्ने जानकारी दिएको हो ।

संघका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहने जानकारी दिनुभयो । सङ्घले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ ।

जनही ५० हजार रुपैयाँ पुरस्कार राशिको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button