तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको लगातार तेस्रो जित

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा साबिक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मङ्गलवार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा एपीएफलाई जित दिलाउन अञ्जली कुमारी योञ्जन र सरु लिम्बुले एक एक गोल गर्नुभयो । बलियो टिम आर्मीविरुद्ध एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७–० ले हराएको थियो । आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७–० ले हराएको थियो । आर्मी ३ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लब ५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरीमा चित्त बुझाएको छ । मङ्गलवार भएको खेलमा पुलिस वालिङसँग एक एक गोलको बराबरीमा रोकियो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको थियो । तीन जना विदेशी खेलाडी मैदानमा उतारेको वालिङविरुद्ध पुलिसले एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवैले एक एक गोल गर्नुभयो । वालिङकी नाइजेरियन खेलाडी मिठु एलायबले गोल गरिन । पुलिसका लागि रेखा पौडेलले गोल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button