तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता ठग्ने ९ पसललाई कारबाही 

वीरगञ्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा आज चितवनको नारायणगढ बजारमा अनुगमन गर्दा उपभोक्ता ठगी गरेको आरोपमा कारबाही स्वरूप ९ वटा पसललाई ३ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोलीले सो कारबाही गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ नारायणगढका प्रतिनिधि सहितको संयुक्त टोलीले बजार अनुगमनको क्रममा आवश्यक कागजात नरहेको आरोपमा श्रेष्ठ कन्सर्नलाई ५० हजार, नेशनल ट्रेड बिजनेशलाई ५० हजार, इएस ट्रेडर्सलाई ५० हजार, विनोद एन्ड जिल्ला इम्पोरियमलाई ५० हजार, चितवन पर्दा हाउसलाई ५० हजार, पल्लवी इन्जिनियरिङलाई ५० हजार, गुप्ता धागा स्टोर्सलाई ५० हजार, ओम साइराम प्लास्टिकलाई २० हजार, एचएस ट्रेडर्सलाई २० हजार जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण पर्साका सूचना अधिकारी दिलीप खङवेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button