तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई कोरोना विरुद्धको खोप लगाइने

सप्तरी । सप्तरी जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

जिल्लामा कोरोना भाइरस विरुद्धको कोभिसिल्ड नामक खोप प्रदेश नम्बर २ हुँदै आज आइपुगेको हो ।

पहिलो चरण अन्तर्गत सप्तरीमा बुधवारबाट गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालबाट अग्र मोर्चामा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।

प्रदेश २ का सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सुरु गर्ने प्रदेश २ सरकारको तयारी अनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गर्नुहुने छ ।

पहिलो चरणमा प्रदेश नम्बर २ बाट ८ सय ३३ भाइल अर्थात् ८ हजार ३ सय ३० डोज खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button