तपाईँ सुन्दै हुनुहुन्छः

सौर्य ऊर्जा र ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापना गरिने

काठमाडौँ । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका गरिने भएको छ ।

४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहित २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने गरी सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न मङ्गलवार समझदारी भएको छ ।

सम्भाव्यता अध्ययनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर लगानीका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सिंगापुर जेभीको तर्फबाट उक्त कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाड. क्विड.ल हस्ताक्षर गर्नुभयो । परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ ।

समझदारी अनुसार सिंगापुर जेभीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र  विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button