तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली जिल्लामा तत्काल इन्टरनेट विस्तार गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरूमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ ।

मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराउनु भयो । नेपाल टेलिकमका पदाधिकारीलाई आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरूलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।

मन्त्री गुरुङले टेलिकमको सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता समेत औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button