तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर भन्सार कार्यालयद्वारा ६ महिनामै लक्ष्य पूरा

झापा । झापाको भद्रपुर भन्सारस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७७।०७८को राजश्व सङ्कलनको वार्षिक लक्ष्य ६ महिनामै पूरा गरेको छ ।

तीन वर्षअघि छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको भद्रपुर भन्सारले आर्थिक वर्ष ०७७।०७८ को पहिलो ६ महिनामा लक्ष्यको दोब्बर प्रगति हासिल गरेको छ । भन्सार कार्यालयका अनुसार साउनदेखि पुससम्ममा १७ करोड ५१ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको दोब्बरभन्दा बढी भएको कार्यालय प्रमुख प्रमोद पौडेलले जानकारी दिनुभयो । भन्सार विभागले भद्रपुर भन्सारलाई आर्थिक वर्ष ०७७।०७८ का लागि १६ करोड ६५ लाख ५६ हजार रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button