तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी हिरालाल जोशीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उपरथी दर्जामा पदोन्नति हुनु भएका हिरालाल जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १ जना महा–सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button