तपाईँ सुन्दै हुनुहुन्छः

आरोप पत्र दायर

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सबइञ्जिनीयर सुरेन्द्र अधिकारीविरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब–इन्जिनियर अधिकारीले निकासा दिलाइदिएबापत रु एक लाख ५० हजार अतिरिक्त रकम लिएको आरोप लगाएको छ ।

सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । निज सब–इन्जिनियर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात् अन्तिम किस्ता निकासा गरी दिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button