तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जले

तस्विर : सागर परियार

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका वडा नं. ७ को गोठी गाउँमा आगलागी हुँदा ३० वटा घर जलेर खरानी भएका छन् । मंगलबार साँझ ५ बजेतिर आगलागी भएको बुझिएको छ ।

भने, सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको उक्त गोठी गाउँमा आगलागी हुदा गाउँमा रहेका जम्मा ५५ घर मध्य ३० घर जलेर नष्ट भएको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक नविन थापा मगरले बताउनु भयो । उहाँका अनुसार ३० घर संगै पशु चौपाय,लत्ता कपडा,अन्नपात भाडाकुँडा सबै जलेका छन् ।

भने, के कति कारणले आगलागी भएको हो,आगलागीको सम्पुर्ण क्षतीको विवरण आउन बाकी छ । प्रहरी निरिक्षक थापा मगरले भन्नुभयो,“सबै घरहरु दियार सल्लाहको काठले निर्माण भएका रैछन् । जंगलको बस्ती भएकाले आगो नियन्त्रण लिने उपाय छैन् । अहिले पनि बस्तीमा आगो बाँकी नै छ । तर अन्य बाँकी २५ घरलाई जोगाउन भने स्थानीय सुरक्षा निकाय लागि परेका छौ ।”
आगो नियन्त्रण लिने कुनै उपाय नभएका कारण आँखा अगाडी हेर्दा हेर्दै ३० घर जलेर खरानी भएको स्थानीय परिमल रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“न त गाउँमा पानी छ । नत जिल्लाको दमकल आउन सक्छ, समयमै सुरक्षा निकाय पुग्ने स्थिती पनि थिएन् । सडक पुगेपनि तिला नदीमा पुल नहुँदा ठुलो क्षती व्यहोर्नु पर्यो ।”

सबै घर परिवार विस्तापित भएपछि के खाने कहा बस्ने थाहा छैन् । गोठीका सयौ नागरिकको विचल्ली भएको छ ।
यता प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलगी पिडितको राहत र उद्दारका लागि प्रदेश सरकार संगै जिल्लाको विपद कोषले आबश्यक पहल गर्ने बताउनुभयो । क्षतीको विवरण आएको छैन् । प्रहरीले मुछुल्का उठाएपछि राहत उद्दारमा जुट्ने उहाँको भनाई छ ।

प्रहरीलाई ढिला खबर पुगेकै कारण धेरै क्षती हुनबाट गोठी गाउँलाई बचाउन नसकिएको डिएसपी माधव प्रसाद काफ्ले बताउँछन् । तर ३ घण्टाको उकालो हिडेर राती पुगेको प्रहरी टोली र स्थानीयले ५÷६ घण्टा मा आगो सामान्य बनाए पनि अझै जारी रहेको उहाँको भनाई छ । मंगलबार रातीनै १८ जना नेपाल प्रहरी र ९ जना शसस्त्रको टोली गोठी तर्फ गएको थियो । क्षतीको एकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button