तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको बृहत जनसभा शुरुः प्रधानमन्त्री,गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्नुहुने(लाइभ )

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि भैरहेको आमसभाका लागि बागमतिका सवै जिल्लाका नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।

सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नुहुनेछ । प्रदेश अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जानका लागि आह्वान गर्न र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button