तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दुलेगौँडामा आइतबार स्कुटर र मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाइते भएका शुक्लागण्डकी ८ ढोरफिर्दीका सन्देश भट्टराईको निधन भएको छ ।
उहाँको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा सवार अमृत श्रेष्ठको टाउकोमा चोट लागेको छ । प्रहरी निरीक्षक रेग्मीका अनुसार उहाँ अहिले होसमा आएर बोल्न थाल्नुभएको छ । श्रेष्ठको गण्डकी अस्पतालमै उपचार भइरहेको छ ।
गाछेपानीबाट आउँदै गरेको ग१३प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग१९प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button