तपाईँ सुन्दै हुनुहुन्छः

मेला भर्न बनारसी धाममा श्रद्धालुको घुइँचो

बैतडी । प्रत्येक वर्षको माघ शुक्ल दशमीका दिन ठुलो मेला लाग्ने बैतडीको बनारसी धाममा आज बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

मनको चिताएको पुरा हुने विश्वासका साथ बनारसी धाममा जिल्ला बाहिरबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

द्वापर युगमा खपरे दैत्यले देवताहरूलाई दुःख दिँदा देवीले अद्भुत शक्ति दिई बनारसीको उत्पत्ति गरेको स्कन्ध पुराणमा उल्लेख गरिएको छ । खपरेको वध गरे पश्चात् देवताहरूले बनारसीलाई अछुत मानेपछि दलित वर्गले पूजाआजा गर्ने चलन चलाएको बताइन्छ ।

बनारसीको शक्ति बढ्दै गएपछि गैर दलितले समेत दलित पुजारीबाट टीका र प्रसाद ग्रहण गरी आशीर्वाद लिने गरेको स्थानीय पुजारी गणेश दत्त पन्त बताउनु हुन्छ ।

बनारसीको उत्पत्ति र शक्तिका बारेमा प्रचार प्रसार हुँदै जाँदा नेपालका प्रथम जगत् गुरु वालसन्त मोहनशरण देवाचार्यले गहिरो अध्ययन गरे पश्चात् सोही स्थानमा विश्वनाथ धामको स्थापना गरेको सनातन धर्म समिति बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button