तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा परी छट्पटाइरहेका चार जनालाई प्रदेश प्रमुखले आफ्नै गाडीमा पुर्‍याए अस्पताल

जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याउनुभएको छ  ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

दुर्घटनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घाइतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको छ ।

डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उहाँ निकट स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने  प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button