तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटमा निःशुल्क स्वास्थ्य शिविर, १६० स्थानिय लाभान्वित

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । गाउँपालिकाको जनस्वास्थ्य इकाई, एरिया ३ लियो जिल्ला परिषद ३२५ वि २ र छिपछिपे स्वास्थ्य चौकी देवघाट(३ को संयुक्त आयोजनामा शनिबार छिपछिपेका स्थानीयलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरबाट १६० जनाले सेवा लिएका थिए । शिविरमा ६० जनाको दाँत फुकाल्ने तथा औषधी वितरण पनि गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले उद्घाटन गरेको उक्त शिविरमा भरतपुर अस्पतालका डा. प्रदिप सापकोटा, भरतपुर पोलिक्लिनिकका डा. धनेश्वर यादव र दन्त स्वास्थ्यकर्मी ढोरबराही डेण्टल केयर सेन्टरका भरत पोख्रेलले सेवा प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button