तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी अभियोगमा तनहुँबाट दुई जना पक्राउ

तनहुँ । तनहुँको घिरिङ र ऋषिङ गाउँपालिकामा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । घिरिङमा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बोमबहादुर दरै पक्राउ परेका छन् ।

घर नजिकैको शौचालयमा जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरीले दरैलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी ऋषिङ गाउँपालिका–४ बस्ने एक महिलालाई जबरजस्ती करणीको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण रानाभाटलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रानाभाटलाई आइतबार नियन्त्रणमा लिएको हो । दुवै विरुद्ध जिल्ला अदालत तनहुँबाट सोमबार म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button