तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १३ जना कोरोना संक्रमित मात्र आइसोलेसनमा

नेपालगञ्ज । कुनै बेला ‘हटस्पट’ बनेको बाँकेमा अब १३ जना कोरोना संक्रमित मात्र आइसोलेसनमा छन् ।
१३ जना सङ्क्रमितमध्ये ५ जना भेरी अस्पताल र ८ जना होम आइसोलेसनमा छन् । कोहलपुर नगरपालिकामा ५ जना, नेपालगञ्ज उपमहानगरपालिकामा २ र बैजनाथ गाउँपालिकामा १ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
बाँकेमा ४ हजार ६ सय ६१ जना संक्रमित हुँदा हालसम्म ५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button