२०७७ साल फागुन २० गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

२ लाख ७० हजार बढी कोरोना सङ्क्रमणमुक्त

रेडियो नेपाल २०७७ फागुन ११ गते १६:३३

file photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १ सय २ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ५ सय ३३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ६५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।