तपाईँ सुन्दै हुनुहुन्छः

फरार प्रतिवादी पक्राउ 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले अवैध बन पैदावार ओसारपसार मुद्दामा फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षीय राधा राना भन्ने करन रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार गत वर्ष माघ १५ गतेका दिन अदालतको फैसलाले ६ महिना कैद र ३४ हजार ३ सय ४० रुपैयाँ जरिवाना भएका रानालाई सोमबार उनकै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई सोमबार नै जिल्ला अदालतमा पेश गराइएको र जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button