तपाईँ सुन्दै हुनुहुन्छः

१ सय १० जनामा कोरोना संक्रमण पुष्टि, १ सय २ जना निको 

file photo

काठमाडौँ । आज १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर ३ हजार २ सय १८ वटा नमूनाको परिक्षण गर्दा ७१ पुरुष र ३९ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट आज १ सय २ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ७ प्रतिशत सङ्क्रमित निको भइसेका छन् ।

देशभर रहेका १ हजार ५ सय ३३ सक्रिय सङ्क्रमितमध्ये ४६ जनाको आइसियु र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ६५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button