तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको १० लाख रकमसहित दुई महिला पक्राउ

सप्तरी । सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ परेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ का ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका हुन ।

बीओपी तिलाठीको गस्ती टोलीले मङ्गलवार दिउँसो चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

शङ्का लागेर चेक जाँच गर्दा उनीहरूको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरूले रकमको स्रोत खुलाउन नसकेका कारण रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button