तपाईँ सुन्दै हुनुहुन्छः

बाघको क्रियाकलाप बुझ्न बाघमा रेडियोकलर जडान

बारा । बाघको क्रियाकलाप बुझ्न पर्सा राष्ट्रिय निकुञ्जले बाघमा रेडियोकलर जडान गरेको छ ।
निकुञ्जले वयस्क भाले बाघमा रेडियोकलर जडान गरेको हो  । जडान गरिएको रेडियोकलरलाई स्याटेलाइट र भीएचएफ प्रविधिमा कनेक्ट गरिएको र यसको सहयोगमा बाघको अध्ययन गर्ने जनाइएको छ ।
सडक वारपार गर्दा बाघले देखाउने प्रतिक्रिया, गर्ने व्यवहार र मानवसँगको सम्बन्धबारे अध्ययन गर्न पहिलो पटक पर्सा निकुञ्जका ८ वर्षीय वयस्क भाले बाघमा रेडियोकलर जडान गरिएको हो ।
फागुन २ गते रेडियोकलर जडान गरिएको बाघलाई ९१ हप्तासम्म अध्ययन गरिने पर्सा राष्ट्रिय निकुञ्जको प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button