तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर । कञ्चनपुरमा लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज भिमदत्त नगरपालिका–१८स्थित जनज्योति बहुमुखी क्याम्पसमा जनचेतनामूलक कार्यक्रम गरेको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक र विद्यार्थी गरी ३ सय जनाको उपस्थितिमा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले लागु औषधको असर तथा कानुनी कार बाईँको बारेमा स्पष्ट  पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button