तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा विपद् व्यवस्थापन सामाग्री भण्डारगृह निर्माणको तयारी

सप्तरी । अचानक हुने प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरूप सप्तरीको राजविराजमा भण्डारगृह निर्माण हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको परिसरमा प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरूप आवश्यक पर्ने सामाग्रीहरू भण्डारण गर्ने भण्डार गृह निर्माण हुन लागेको संस्थाको अध्यक्ष जोगेन्द्र भगतले जानकारी दिनुभयो ।
५० औँ साधारणसभाको उद्घाटन गर्दे प्रदेशसभा सदस्य मनिष सुमनले संसदीय विकास कोषबाट ८ लाख रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको छ भने, विष्णुपुर गाउँपालिकाले ५ लाख र तिरहुत गाउँपालिकाले ४ लाख रुपैयाँ उपलब्ध गराउनु भएको अध्यक्ष भगतले जानकारी गराउनु भएको छ ।
जिल्लाकै पहिलो भण्डारगृह हुने भनिएको सो गृहको यसै आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने योजना रहेको शाखाका मन्त्री भबेन्द्र प्रसाद यादवले बताउनुभयो ।
यस्तै बाढीबाट सर्वाधिक प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पूर्व तयारी प्रतिकार्य, कोरोना विरुद्धको सचेतना, स्वच्छ खानेपानी तथा शौचालय निर्माणलगायतका कामहरू पनि सोही अवधिमा सम्पन्न गरेको छ ।
यस्तै रक्त सञ्चार सेवा केन्द्रको स्थापना र सञ्चालन, विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा तथा विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button