तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको माथागढीमा एक गाउँ एक उत्पादन अन्तर्गत खुर्सानी खेती सुरु

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत खुर्सानी खेती तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
माथागढी गाउँपालिका वडा नं.४ झडेवा खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार हुँदै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिकाको आयोजना र वडा कार्यालयको सहयोगमा १४ वटा स्थानीय कृषक समूहलाई खुर्सानीको बिउँ वितरण गरेको हो ।
गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरूप झडेवालाई खुर्सानी पकेटको रूपमा विस्तार गरेको छ ।
कार्यक्रममा अध्यक्ष गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले आधुनिक कृषि विकासका लागि कृषक पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले कृषिको विकास बिना आर्थिक समृद्धि सम्भव नभएको भन्नुहुँदै सबैलाई आफु सक्दो कृषिमा तल्लीन रहन आग्रह गर्नुभयो ।
खुर्सानी खेती तालिम तथा बिउ वितरण गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिकाले वितरण गरेको हरेक प्रकारका कृषिका उपकरण, तथा मल बिउ र प्रविधिले अब गाउँका किसानहरूले राम्रोसँग प्रतिफल आउने गरी उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button