तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट खसेर एक महिलाको मृत्यु

अछाम । अछाम जिल्लामा भिरबाट खसेर एक जना महिलाको ज्यान गएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ बस्ने जितेन्द्र शाहीकी ३५ बर्षिया श्रीमती धिर्जा शाहीको भीरबाट खसेर ज्यान गएको हो ।

घर नजिकैको बोकसान जङ्गलमा बुधवार बाख्रा गोरु चराउन गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा आज जङ्गलमा मृत अवस्थामा भेटाएका हुन् ।

ठुलो भरि भएको ठाउँबाट खसेर करिब २ सय ५० मिटर तल घटनास्थलमै उहाँको शव भेटिएको उनका श्रीमान् जितेन्द्र शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button