तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई जना भारतीय नागरिक पक्राउ

बारा ।  बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलनको आयोजना गरी अवैध नेपाली रकमसहित दुई जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।
भारतको पूर्वी चम्पारण विहार राज्यको नरकटिया पञ्चायत वडा नं.७ नरकटिया टोल निवासी ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई अवैध नेपाली रकमसहित पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
कलैया–मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका वडा नं.८ बरेवा टोलमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ के ०७९८ मोटरसाइकलमा शङ्का लागि चेक जाँच गर्दा उनीहरूको साथबाट अवैध रकम भेटिएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट नेपाली हजारको १ हजार ७ सय ७२ थान नोट १७ लाख ७२ हजार र नेपाली ५ सयको १ हजार ५ सय २६ थान नोट ७ लाख ६३ हजार गरी २५ लाख ३५ हजार अवैध नेपाली रकम हित पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जना भारतीय नागरिकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button