तपाईँ सुन्दै हुनुहुन्छः

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुई तले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button