तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी प्रिमियर लिग (एसपीएल) आगामी चैत्र ५ गतेदेखि हुने

सप्तरी । सप्तरी प्रिमियर लिग (एसपीएल) आगामी चैत्र ५ गतेदेखि हुने भएको छ ।

तेस्रो संस्करण अन्तर्गत राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट सङ्घले एसपीएल गर्न लागेको हो ।

राजविराज राज रङ्गशालामा आयोजना हुन लागेको एसपीएलमा ५ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

संघका अध्यक्ष आयुष श्रेष्ठका अनुसार यस पटक प्रतियोगिता विगतको संस्करणभन्दा स्तरीय हुने बताउनुभयो ।

विजेतालाई ३ लाख नगद र मेडल उपलब्ध गराइनेछ भने उप–विजेतालाई प्रदान गरिने पुरस्कारबारे छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button