तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा कृषि तथा पशुपक्षी बिमा कार्यक्रम प्रभावकारी  

विराटनगर । नेपाल सरकारले सञ्चालनमा ल्याएको कृषि तथा पशुपंक्षी बिमालाई सहज र प्रभावकारी बनाउन  कृषकहरूमा जनचेतना आवश्यक रहेको  कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले  कृषि तथा पशुपंक्षी बिमा कम्पनीहरुसंग विराटनगरमा आज आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा उहाँहरूले बिमा कार्यक्रम  प्रभाकारी भए पनि यसको  प्रचारप्रसार हुनु नसक्दा उल्लेखनीय रुपमा किसानहरू बिमाप्रति जानकार नभएको बताउनुभयो ।
परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोद कुमार मण्डलले २०६९ साल माघ १ वाट  शुरु भएको बिमा कार्यक्रम आर्थिक वर्ष २०७०/०७१ मा  २ करोड २६ लाख प्रिमियम जम्मा भएकोमा गत वर्ष ०७६/०७७ सम्म नेपालमा १ सय १८ करोड बिमा प्रिमियम रकम जम्मा भएकाले कार्यक्रम प्रभावकारी भएको भन्दै यसबारे अझ प्रचारप्रसार आवश्यक रहेको वताउनुभयो ।
बिमा  कार्यक्रमकालाई प्रभावकारी बनाउन परियोजनाले धान तथा माछा जोन कार्यक्रम सञ्चालनमा हुँदै आएका गाउँ तथा नगरपालिकाका वडा स्तरमा किसानलाई सहज हुने गरी  बिमा अभिकर्ता तयार गरी  परिचालन गर्न लागिएको उहाँले वताउनुभयो । किसानलाई फाइदा भन्दा पनि आर्थिक क्षति न्युनीकरणका लागी  बिमा कार्यक्रम सञ्चालनमा आएको हो  भन्ने कुरा किसानलाई वुझाउन सक्नुपर्ने उहाँको भनाई थियो ।
परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले उन्नत जातका पशुपंक्षीहरुमा बिमा वढाउनु पर्नेमा जोड दिँदै एउटा बिमा गर्दा  किसानले ७२ प्रतिशत रकम क्षतिपूर्ति पाउने  दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button