तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण रुख ढल्दा एक जना घाइते

बझाङ । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ सिर्याटामा आज दिउँसो लागेको हावाहुरी कारण पुरानो खरिकको रुख ढल्दा एक जना घाइते भएका छन् ।

हावाहुरीका कारण कालसैन मन्दिर नजिकै रहेको धेरै बर्ष पुरानो खरिकको रुख ढल्दा एक जना महिला घाइते हुनुका साथै दुई घर पुर्णरुपमा क्षति भएको छ ।

घाइते हुनेमा थलारा गाउँपालिका–९ घर भएकी बर्ष ३५ की विष्ना सार्की रहेकी छन् ।

सार्कीको शरीरका विभिन्न ठाउँमा चोट लागेकाले जिल्ला अस्पताल सिमखेतमा उपचारको लागि ल्याउने तयारी भइरहेको स्थानीय डवल चनाराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button