तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पर्यटकको चहलपहलमा वृद्धि

फाइल फोटो
काठमाडौँ । पर्यटकीय नगरी पोखरामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ ।
कोरोना भाइरस महामारीका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायतका सुविधा व्यवसायीले प्रदान गरेपछि पोखरामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button