तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।
अघिल्लो कारोबार दिन १३.०४ अङ्क बढेर २५९९.५६ विन्दुमा बन्द भएको नेप्से बिहीबार ४४.९४ अङ्क घटेर २५५४.१३ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज जनाएको छ ।
नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ । बुधवार ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनबाट बिजुली पुगेपछि स्थानीयवासी हर्षित  भएका छन् ।
दोर्दी–५ पाचोकका बासिन्दा हालसम्म टुकी तथा सोलारका भरमा बिजुलीको आवश्यकता टार्दै आएका थिए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकका घरमा बिजुली पुर्‍याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button