तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमै शिक्षकमाथि आक्रमण

बर्दिबास । महोत्तरी बर्दिबास नगरपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमै आक्रमण भएको छ । विद्यालय परिसरमा स्थानीय मनिष अर्यालले शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई दुर्व्यवहार गर्दै उनीमाथि कुटपिट गरेका हुन् ।
दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफूमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलले बताउनुभयो । ‘तँ दलितले हेडमास्टर भएर जमाउने ? जातीय दुर्व्यवहार गरेपछि पीडित शिक्षकले भन्नुभयो, ‘किन यस्तो भनेको भनी प्रश्न गरेपछि उनले विद्यालयमै आक्रमण ग¥यो ।’
अराजक गतिविधिमा सक्रिय रहेका आरोपी अर्यालले यसअघि होटल व्यवसायीमाथि आक्रमण गरेको बर्दिबास–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताउनुभयो ।
स्थानीयले विद्यालयबाटै अर्याललाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
यता, शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । ‘आरोपीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेका छौँ,’ डिएसपी थापाले भन्नुभयो, ‘पीडितको उजुरीका आधारमा कारबाही हुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button