तपाईँ सुन्दै हुनुहुन्छः

भरत गुरुङले जिते सचिन स्मृति खुल्ला दौडको उपाधि

तनहुँ । रोटर्याक्ट क्लब अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८आँै स्व.रो.सचिन स्मृति दौडको उपाधि भरत गुरुङले जित्नुभएको छ ।

दमौली अनसन चोकदेखि छाब्दी बसपार्कसम्मको ९ किमी दूरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत गुरुङले उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा गोरखाका दिनेश बोगटी द्वितीय, धनगढीका वीरेन्द्रप्रसाद भट्टराई तृतीय हुनुभएको छ ।

त्यस्तै व्यास नगरपालिका–१३ का सङ्गम घर्ती सान्त्वना हुनुभयो । उहाँहरूले क्रमशः उक्त दूरी ३२ मिनेट २५ सेकेण्ड, ३२ मिनेट ५० सेकेण्ड र ३३ मिनेट १० सेकेण्डमा पार गर्नुभएको छ ।

त्यस्तै महिलातर्फ ४३ मिनेटमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–१० का नम्रता गुरुङ र ४३ मिनेट ३० सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–४ का करुणा श्रेष्ठ सान्त्वना हुनुभएको प्रतियोगिताका संयोजक विशाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ८० धावकको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिएको छ ।

विगतका वर्षहरूमा प्रशासन चोकबाट सुरु भई घाँसी कुवा पुगेर पुनः प्रशासन चोकमा आएर दौड प्रतियोगिता सकिने गरे पनि यस पटक दौडको रुट परिवर्तन गरिएको हो ।

छाब्दी वाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्नुहुँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दौडले युवालाई जोस जाँगर मात्रै होइन स्वस्थ बन्न सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाले सहिद दिवसका अवसरमा प्रत्येक वर्ष मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएकोमा यस वर्षदेखि नारी दिवसमा व्यास गुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरी क्लबका सचिव सागर पौडेल, रोट¥याक्ट क्लबका पूर्व अध्यक्ष शिखरलाल डोटेल लगायतले सन् २००३ मा क्लब स्थापना भएदेखि सामाजिक काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button