तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ कारागारमा कैदीबन्दीबीच झडप, ५ जनाको दमौली अस्पतालमा उपचार हुँदै

तनहुँ । तनहुँ कारागारका कैदीबन्दीबीच झडप भएको छ । दुई समूहबिच भएको झडपमा केही कैदीबन्दी घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।
घाइते ५ जनाको दमौली अस्पतालमा उपचार भइरहेको दमौली अस्पतालले जनाएको छ ।
झडपको कारण तथा घाइतेको यकिन सङ्ख्याबारे थप विवरण आउन बाँकी छ । के कारणले झडप भएको भन्ने विषयमा सम्बन्धित निकायले जानकारी गराएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button