तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ कारागारको झडपमा संलग्न २५ जनालाई स्थानान्तरण

तनहुँ । तनहुँ कारागारका २५ जना कैदी बन्दीलाई जिल्ला प्रशासनले रातारात स्थानान्तरण गरेको छ ।
कारागारमा आइतबार दिउँसो दुई समूहबिच विवादमा झडप हुँदा घाइते हुने ६ जना पुगेका छन् ।
झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण स्थानान्तरण गर्ने निर्णय भएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित कारागारमा बसेको सुरक्षा अधिकारीको बैठकपछि स्थानान्तरण निर्णय भएको हो ।
कारागारको नयाँ भवनमा सरुवा भएर आएका पाल्पा, काठमाडाँैसहित विभिन्न ठाउँका कैदी बन्दी र रैथाने समूह आपसमा झगडा गरेका थिए । नाइके नियुक्तिको विवाद सिर्जना भए यता कैदी बन्दी दुई समूहमा विभाजित थिए ।
त्यसै क्रममा आइतबार झडप भएको हो । झडपमा परी घाइते दमौली अस्पतालबाट डिस्चार्ज भएका छन् । सबैको टाउकोमा चोट लागेको थियो । बाँस, कराई आदिले आफूमाथि आक्रमण भएको घाइते कैदी नाइके धनबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button