तपाईँ सुन्दै हुनुहुन्छः

नीलगाईको आक्रमणबाट मृत्यु

चितवन । माडी नगरपालिकामा नीलगाइको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button