२०७८ साल वैशाख ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी टोली गठन

रेडियो नेपाल २०७७ फागुन १८ गते १२:४१

काठमाडौं ।सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

सम्बन्धित

राजश्व छलीको अभियोगमा मुद्दा दायर

२ घन्टा अगाडि रेडियो नेपाल