तपाईँ सुन्दै हुनुहुन्छः

महिला क्रिकेटरले मासिक तलब बुझ्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेटरले पहिलो पटक आधिकारिक रुपमा मासिक तलब बुझ्ने भएका छन् । क्यानले २०२० को सुरुको ६ महिनाको खेलाडी वर्गीकरण अनुसार क्यानले एक सातामा महिला र पुरुष खेलाडीको तलब दिने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीबाट खेलाडीको वर्गीकरण अनुसार मासिक तलब पठाएको छ । जसलाई क्यानले सबै प्रक्रिया पुरा गरेर एक सातामा तलब दिने क्यानको तयारी छ ।

सन् २०२० को सुरुको ६ महिना महिला र पुरुष खेलाडीको तलब आइसिसीले पठाएको छ । यस्तै ग्राउन्ड स्टाफ र क्यानका कर्मचारीको तलब पनि क्यानलाई आइसिसीले पठाएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घ क्यानको नयाँ कार्यसमिति आएपछि पहिलो पटक सन् २०१९ को वर्गीकरणलाई परिमार्जन गरेर २०२० को जनवरीबाट ६ महिनाका लागि लागु हुने गरेर नयाँ वर्गीकरण गरेको थियो । जसमा पुरुषमा २० खेलाडी र महिलामा २२ खेलाडीलाई समावेश गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button