तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा ठेकी आकारको खानेपानी ट्याङ्की 

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा मकवानपुरको चिनारीका रुपमा रहेको ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । १० नम्बर वडा कार्यालयले वडाको बजेटबाट ७ लाख रुपैयाँको लागतमा ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण गरेको हो ।
२०७६ साल असोजदेखि निर्माण सुरु गरिएको ठेकी आगामी २ महिनामा निर्माण सकिने वडाध्यक्ष किताप सिंह लामाले जानकारी दिनुभएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बसपार्कमा पानी ट्याङ्कीमाथि फलामको ठेकी निर्माण गरी राखिएको छ ।
ठेकी राखिएको क्षेत्रको बगैँचा निर्माण तथा व्यवस्थापनको जिम्मा साई केन्द्र हेटौँडाले लिएको छ । साई केन्द्र हेटौँडाले ठेकी आकारको खानेपानी ट्याङ्कीबाट यात्रुहरूलाई निःशुल्क फिल्टर गरिएको सुद्ध पिउने पानी उपलब्ध गराउने बताइएको छ ।
मकवानपुर जिल्ला काठबाट बनेको परम्परागत नेपाली भाँडो ठेकीको लागि प्रख्यात जिल्ला हो । तर, अहिले काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडे पछि वडा कार्यालयले परम्परागत भाँडोको संरक्षणका लागि ठेकी निर्माण गरेको हो ।
सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइने ठेकीमा दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button