२०७८ साल वैशाख ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

माथागढी गाउँपालिकाले समुदाय स्तरमा कोरोना विरुद्धको खोप सञ्चालन गर्ने

विष्णु खनाल २०७७ फागुन १९ गते १४:४८
पाल्पा । माथागढी गाउँपालिकाले समुदाय स्तरमा फागुन २३ गतेदेखि कोरोना विरुद्धको खोप सञ्चालन गर्ने भएको छ ।
माथागढी गाउँपालिकाले ८ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सञ्चालन गर्ने गरी तयारी थालेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।
खोपलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको बताउनुहुँदै गाउँपालिकाका अध्यक्ष थापाले समुदायको नजिकका संस्थामा गएर सहज र विश्वसनीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
५५ बर्ष उमेर माथिका नागरिकहरू, क्याम्पस÷विद्यालयका शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्ने सवारी चालक, सहचालक तथा सहयोगीहरू, यस अघि पहिले र दोस्रो चरणमा खोप लगाउन छुटेका लक्षित वर्गहरूलाई लक्षित गरी खोप अभियान चलाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो ।
फागुन २३ गतेदेखि २७ गतेसम्म गाउँपालिकाका तोकिएका ८ वटै स्वास्थ्य चौकीमा खोप कार्यक्रम चलाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालले जानकारी दिनुभयो ।
वडा नम्बर १ लाई चिदीपानी स्वास्थ्य चौकी, वडा नम्बर २ लाई रूप्से स्वास्थ्य चौकी, वडा नम्बर ३ लाई कसेनी स्वास्थ्य चौकी, वडा नम्बर ४ लाई झडेवा स्वास्थ्य चौकी, वडा नम्बर ५लाई हात्तिलुङ्ग स्वास्थ्य इकाई, वडा नम्बर ६ लाई गोठादी स्वास्थ्य चौकी, वडा नम्बर ७ लाई रहबास स्वास्थ्य चौकी र वडा नम्बर ८ लाई बहादुरपुर स्वास्थ्य चौकीमा सम्बन्धित क्षेत्रका नागरिकलाई पायक पर्ने गरी गाउँपालिकाले खोप केन्द्र तोकेर खोप लगाउने तयारी गरेको माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जि.सिले बताउनुभयो ।

सम्बन्धित

राजश्व छलीको अभियोगमा मुद्दा दायर

३ घन्टा अगाडि रेडियो नेपाल