तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन सुरु 

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा प्रदेश नम्बर १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले आज उद्घाटन गर्नुभयो ।

प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमालको टोली समेत भोजपुर आइसकेका छन् ।

आजबाट सुरु भएको प्रतियोगिता फागुन २२ सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button