तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए डोजर, गाडी र हेलिकप्टर

अछाम । अछामको मेल लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको नन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सागर टमट्टाले डोजर, गाडी तथा हेलिकप्टर बनाएका छन् ।
सागरले काठ, स्लाइनको पाइपलगायतका घरेलु सामान प्रयोग गरेर डोजर, गाडी र हेलिकोप्टर बनाएका बनाई विद्यालयका शिक्षक तथा गाउँलेहरूलाई चकित पारेका छन् ।
विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षाका लागि केही सामग्री तयार गर्न भनेपछि सागरले  विभिन्न नयाँ नयाँ उपकरण तयार गरेर सबैलाई अचम्ममा पार्दै आफूलाई अब्बल साबित गरेका छन् ।
कुनै पनि स्रोत बिना गाडी समेत मुस्किलले देख्न पाइने ठाउँमा बनाएका उपकरण देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक पनि खुसी देखिएका विद्यालयका प्रधानाध्यापक कुलबहादुर रावलले बताउनुभयो ।
१६ वर्षका टमट्टाले गाउँ ठाउँमै पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गर्नु भएको छ । सागरले डोजर, बस, जिप, एम्बुलेन्स, हेलिकोप्टर तयार गर्नु भएको छ ।
टीकटक हेरेको भरमा उपकरणहरू तयार गरेको सागरले बताउनुभयो । ”स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मनलाग्छ ।” सागरले भन्नुभयो, ”टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हेरेको थिएँ । त्यही आधारमा मैले पनि बनाएको हुँ ।”
एसइइको तयारी गरिरहनु भएका सागरले पास भएपछि इलेकट्रोनिक्स इन्जिनियर पढेर प्रयोग गर्न मिल्ने गरी गाडी, डोजर बनाउने इच्छा राख्नु भएको छ । तर दलित समुदायका सागरको घरको आर्थिक अवस्थामा राम्रो छैन ।
सागरले तयार गरेका सामग्रीलाई पालिकाले प्रदर्शनी गर्ने योजना बनाएको सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा स्थानीय अगुवा हिरण्ड  भट्टराईले बताउनुभयो । नन्देश्वरी माध्यमिक विद्यालयले सीटीइभिटी सम्बन्धमा प्राविधिक विषय पढाउन थालेको छ ।
सागरको जस्तो प्रतिभा भएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
१६ वर्षका टमट्टाले गाउँ ठाउँमै पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गर्नु भएको छ । सागरले डोजर, बस, जिप, एम्बुलेन्स, हेलिकोप्टर तयार गर्नु भएको छ ।
विद्यालयले प्रतिभावान् विद्यार्थीका लागि सहयोग कोष स्थापना गर्न पहल गर्ने भट्टराईले जानकारी दिनुभयो ।
विज्ञान र प्रविधिमा रुचि राख्ने १६ वर्षका सागर जिज्ञासु स्वभावका रहेको विद्यालयका प्रधानाध्यापक रावलले बताउनुभयो । बिजुलीको वायरिङसमेत सागरले हेरेकै भरमा सिक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button