तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको अवसर आए नछाड्ने कांग्रेस सभापति देउवाको सङ्केत

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अवसर आए नछाड्ने सङ्केत गर्नुभएको छ ।

पूर्व सांसद एकनाथ रानाभाटको दशौँ स्मृतिका दिनमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले कांग्रेस जिम्मेवारीबाट नभाग्ने बताउनुभयो ।

श्रद्धाञ्जली सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस हतारिएर सरकारमा जान नहुने बताउनुभयो । पौडेलले काँग्रेसलाई जनताले प्रतिपक्षमै बस्ने म्यान्डेट दिएकाले सोही अनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महामन्त्री डा. शंशाक कोइरालाले लोकतन्त्रलाई बलियो र स्थायित्व दिन सके मात्रै स्वर्गीय रानाभाटप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button