तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले महत्त्वपूर्ण काम गरेको छः मन्त्री श्रेष्ठ

लहान । तीन वर्षभित्र नेकपाको सरकारले महत्त्वपूर्ण कामहरू गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले बताउनुभएको छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ लहान, सिराहाको ३१ औँ साधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले सरकारले भूमि ऐनमार्फत कृषि, उद्योग, आवास क्षेत्रलाई पहिचान गर्ने बताउनु भएको छ । उद्योग क्षेत्रमा उद्योग मात्र खोलिने, कृषि क्षेत्रमा कृषि उत्पादन मात्र गर्न सकिने, जथाभाबी रुपमा घर नबनाउनका निम्ति सरकारले यो नीति ल्याएको बताउनुभयो ।

युवाहरूलाई नेपालमै रोजगार दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका उद्योगीहरूलाई उद्योग स्थापनाका लागि छलफल अघि बढाएको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ लहानका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला लगायत प्रदेशका उद्योगी ब्याबसायीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button