तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कद्वारा विद्युतीय कारोबारको सीमामा दोब्बर वृद्धि

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै दोब्बर सीमा निर्धारण गरेको हो ।

अब मोबाइल बैङ्किङ मार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसअघि यो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

यसैगरी, केन्द्रीय बैङ्कले इन्टरनेट बैङ्किङ (मर्चेन्ट पेमेन्ट) मार्फत र इन्टरनेट बैङ्किङ (एकाउन्ट ट्रान्सफर) मार्फत २० लाख दैनिक कारोबार गर्न मिल्ने बनाएको जनाएको छ । यसअघि यी दुवै कारोबार सीमा पनि १० लाख रुपैयाँ थियो ।

उक्त सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पटाउँदा भने लागू नहुने राष्ट्र बैङ्कले जनाएको छ । साथै, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत् सेवा, दूरसञ्चार सेवा, बिमा प्रिमियमलगायतमा पनि लागू हुने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button