तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

जनकपुरधाम । दलालहरूले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधाममा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ ।

कार्यालयमा आर्थिक चलखेल, अनियमितता बढेको जनगुनासोको आधारमा छापा मारी गरेर ती शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

सेवाग्राहीबाट मोलमोलाइ गरी रकम लिएर काम नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय रहेका दलालहरूलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

सवारी चालक अनुमतिपत्र बनाउन दलालहरूले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरूसँग मिलेर बनाउने गरेको गुनासो पटक पटक आइरहेपछि प्रहरीले छापा मारेर पक्राउ गरेका व्यक्तिहरूको विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा श्याम सुन्दर यादव, गौरीशङ्कर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीखन साह, सञ्जय साह, उमेश कुमार महतो, धर्मेन्द्र कुमार यादव सहित १५ जना रहेको प्रहरीले जनाएको छ ।

केही हप्ता अगाडी मात्र सो कार्यालयमा अख्यिायारले छापा मारेर घुसको रकमसहित केहीलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button