तपाईँ सुन्दै हुनुहुन्छः

छोरीमाथि बलात्कार प्रयासमा बाबु पक्राउ  

बर्दिवास  । महोत्तरीमा एकजना पुरुषले आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको बर्दिबास नगरपालिकास्थित खयरमारामा आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुषलाई इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
आरोपी बाबुमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिएर आरोपीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको इप्रका बर्दिवासका प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो
घरमा श्रीमती नभएको बेला ३८ वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button